पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन्।
समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेका अनुसार बुधबार राति ८ बजे उनलाई गंगालाल अस्पताल भर्ना गरिएको हो।
‘उहाँलाई राति अचानक ढाड दुखेपछि अस्पताल भर्ना गरिएको हो,’ भट्टराईका प्रेस सल्लाहकारसमेत रहेका पाण्डेले बिहीबार बिहान नेपालखबरसँग भने, ‘सबै परीक्षणको रिपोर्ट नर्मल आएको छ, अब उहाँलाई आजै डिस्चार्ज गरिनेछ।’
अहिले डिस्चार्जको प्रक्रिया मिलाउने काम भइरहेको उनले जानकारी दिए।

प्रतिक्रिया