समाज


१०४ डिग्री ज्वरो आएपछि सिन्धुलीका एक वृद्धलाई आइसोलेसनमा भर्ना

१०४ डिग्री ज्वरो आएपछि सिन्धुलीका एक वृद्धलाई आइसोलेसनमा भर्ना

नेपालखबर
चैत ६, २०७६ बिहिबार ४:५८,

सिन्धुलीको कमलामाई नगरपालिका ७ का एक वृद्धलाई कोरोना भाइरस आशंकामा अस्पताल भर्ना गरिएको छ।

८१ वर्षीय ती वृद्धलाई १०४ डिग्री ज्वरो आएपछि जिल्ला अस्पतालमा भर्ना गरेर बुधबारदेखि आइसोलेसनमा राखिएको सिन्धुलीका जिल्ला जनस्वास्थ्य अधिकृत जितेन्द्रकुमार साहले जानकारी दिए।

उनको परिचय गोप्य राखिएको छ। ती वृद्धमा उच्च ज्वरो देखिएपछि आफन्तले बुधबार अस्पताल पुर्याएका थिए।

‘उहाँमा अस्वाभाविक ज्वरो देखिएपछि अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ,’ जनस्वास्थ्य अधिकृत साहले नेपालखबरसँग भने, ‘उहाँमा कतिपय लक्षण कोरोनासँग मिल्दाजुल्दा देखिएका छन्। नमूना परीक्षणको लागि बुधबारै काठमाडौँ पठाएका छौँ। रिपोर्ट आइसकेको छैन।’

स्रोतका अनुसार सरकारी जागीरबाट निवृत्त ती वृद्ध केही दिनअघि पेन्सन लिन धरान गएका थिए।

बिरामीको र्याल, स्वाव परीक्षण पछि कोरोना संक्रमण भए/नभएको एकीन हुने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ड डाक्टर लक्ष्मण खड्काले बताए।

बिगत केही समययता सिन्धुलीमा ज्वरो र रुघाखोकीका बिरामी बढे पनि उच्च ज्वरोसहितको बिमारी ती वृद्ध नै पहिलो भएको अस्पताल स्रोतले जनाएको छ।

सिन्धुलीमा कोरोनाका आशंका भएका बिरामीलाई राख्न जिल्ला अस्पतालमा तीन वेडसहितको आइसोलेसन वार्ड स्थापना गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad