वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको प्रथम राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु भएको छ।
सम्मेलनको उद्घाटन सत्र (प्रारम्भ सभा) काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको हो। त्यसअघि शहरका विभिन्न ठाउँबाट जुलुश भृकुटीमण्डपमा पुगेको थियो
सभामा साे पार्टीका महासचिव विश्वभक्त दुलाल (आहुति) क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यवाहक महासचिव सीपी गजुरेल, नेकपाका महासचिव विप्लव, नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलासहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ।
सम्मेलनअन्तर्गत दुई दिनको बन्द सत्र भने भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा हुने पार्टीले जनाएको छ।
सम्मेलनबाट पार्टीले विचारधारात्मक तथा संगठनात्मक कार्यदिशामा थप विकास गरी प्रारम्भबाट नै वैज्ञानिक समाजवादी अर्थतन्त्र, राजनीति र संस्कृति निर्माणको कार्यदिशालाई अघि बढाउने वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले जनाएको छ।
Shares

प्रतिक्रिया