राजनीति


भीम रावलको टिप्पणी प्रचण्डकै कपीपेस्ट, गालीगलौजले देश बन्दैन : प्रदीप ज्ञवाली

भीम रावलको टिप्पणी प्रचण्डकै कपीपेस्ट, गालीगलौजले देश बन्दैन : प्रदीप ज्ञवाली

नेपालखबर
पुस १८, २०८१ बिहिबार १५:४३, काठमाडौँ

एमालेले पूर्वउपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएका आरोप माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चार वर्षअघि लगाएको आरोपको कपीपेस्ट भनेको छ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले यस्ता आरोपप्रत्यारोपले कहीँ नपुगिने र त्यसको अर्थ पनि नहुने प्रतिक्रिया दिएका छन्।

उनले तत्कालीन नेकपा (हालको एमाले र माओवादी मिलेर बनेको पार्टी) मा छँदा प्रचण्डले १९ पृष्ठको आरोप लगाएका थिए। अहिले रावलले त्यसैको नक्कल गरेर ३१ पृष्ठको दस्तावेज बनाएको ज्ञवालीले टिप्पणी गरे।

‘२०७७ साल कात्तिकमा लगभग यिनै भाषामा तत्कालीन नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई यस्तै खालका टिप्पणी गर्नुभएको थियो, आरोप लगाउनुभएको थियो,’ उनले बिहीबार सचिवालय बैठकपछि पार्टी मुख्यालय च्यासलमा पत्रकारहरूसँग भने, ‘सायद १९ पेजको थियो। त्यसैको कपीपेस्टजस्तो छ, नयाँ कुराहरू छैन। यसले त्यहाँभित्र कति धेरै नकारात्मकता भरिएको छभन्ने प्रस्ट भएको छ। समाज आफै प्रस्ट भएको छ भन्ने मलाई लाग्छ। तेस्रो कुरा, गालीगलौजले देश भन्ने भए, एक जमाना थियो, बाबुराम भट्टराई प्रचण्डहरूले शब्दकोशमा भएका सबै शब्दहरु खोजीखोजी गाली गर्नुहुन्थ्यो। अर्को अवस्था आयो, रविजी (लामिछाने)हरू, त्यसरी नै उदाउनुभएको हो। गाली गरेर देश बन्दैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad