राजनीति


ओलीको प्रतिवेदन- कांग्रेससँग सहकार्यका ६ महिनामा महत्त्वपूर्ण उपलब्धि तर अपर्याप्त

ओलीको प्रतिवेदन- कांग्रेससँग सहकार्यका ६ महिनामा महत्त्वपूर्ण उपलब्धि तर अपर्याप्त

नेपालखबर
पुस १८, २०८१ बिहिबार १५:५४, काठमाडौँ

नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको राजनीतिक प्रतिवेदन केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने निर्णय गरेको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकका निर्णय सुनाउँदै उपमहासचिव प्रदीप ज्ञवालीले पुस २१ र २२ गते बस्ने केन्द्रीय कमिटीका निम्ति तयार गरिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने निर्णय गरेको बताएका हुन्। उनले राजनीतिक प्रतिवेदनका मुख्यमुख्य विषयमा छलफल पनि भएको जानकारी दिए।

प्रतिवेदनमा पछिल्लो राजनीतिक अवस्थाको विवेचना गरिएको उनको भनाइ छ।

एमाले र कांग्रेसबीचको सत्ता सहकार्यको औचित्य, आवश्यकता र त्यसले सिर्जना गरेका अवसरहरूका बारेमा प्रतिवेदनमा चर्चा गरिएको उनले बताए।

सरकार गठनयताका ६ महिनाको समीक्षा गरिएको प्रतिवेदनमा छलफल हुँदा यस अवधिमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको तर पर्याप्त नरहेको निष्कर्ष पार्टीको रहेको ज्ञवालीले बताए।

नागरिकलाई सेवा प्रवाह, विकास निर्माण, अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले अझ बढी ध्यान केन्द्रित गर्नुपर्ने ज्ञवालीको भनाइ थियो।

‘बैठकमा मुख्यतः पुस २१ र २२ गते दुई दिन बस्ने केन्द्रीय कमिटीका निम्ति तयार गरिएको राजनीतिक प्रतिवेदनका मुख्यमुख्य विषयहरूमा छलफल गरेका छौँ,’ उनले भने, ‘सचिवालयले त्यो बैठक अध्यक्षको तर्फबाट तयार गरिएको प्रतिवेदन केन्द्रीय कमिटीको बैठकसमक्ष प्रस्तुत गर्ने निर्णय गरेको छ। प्रतिवेदनमा खासगरी पछिल्लो राजनीतिक अवस्थाको गम्भीर विवेचना गरिएको छ। यो नयाँ सरकार बनेपछि बस्न लागेको पहिलो बैठक हुनाले नेपाली कांग्रेस र नेकपा एमालेको बीचमा किन नयाँ सहकार्य गर्नुपरेको हो? यसको औचित्य, आवश्यकता र यसले सिर्जना गरेका अवसरहरू के हुन्? त्यसको विषयमा चर्चा गरेका छौँ। सरकार गठनयताका ६ महिनाको समीक्षा गरिएको छ। त्यसमा सरकारले केही महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको, केही महत्त्वपूर्ण कामहरू भएको छ। थुप्रै कामहरू गर्न बाँकी रहेको हुनाले बाँकी काम छिटै सम्पन्न गर्न, डेलिभरीको पाटोमा, विकास निर्माणको पाटोमा अर्थतन्त्रलाई अझ लयमा ल्याउने पाटोमा सरकारले अझ बढी ध्यान केन्द्रित गर्नुपर्छ। पछिल्लो समय बढ्न लागेको अराजकता, मुलुकलाई अस्थिरतातिर लैजान खोज्ने प्रवृत्तिलगायत सबै विषयमा छलफल भएको छ।’

उपमहासचिव ज्ञवालीले नेता भीम रावलाई पार्टीले गरेको कारबाही सही रहेको दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad