राजनीति


एआईजी किरण बज्राचार्यको बिदाइ, काठमाडौँ उपत्यका प्रहरी प्रमुख रिक्त

एआईजी किरण बज्राचार्यको बिदाइ, काठमाडौँ उपत्यका प्रहरी प्रमुख रिक्त

नेपालखबर
पुस १५, २०८१ सोमबार १७:२९, काठमाडौँ

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीकी प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्रचार्यको बिदाइ गरिएको छ।

एआईजीको ५६ वर्षे उमेर हदका कारण मंगलबारदेखि अनिवार्य अवकास हुन लागेकी बज्राचार्यको सोमबार काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आयोजित बिशेष समारोहबीच बिदाइ गरिएको हो।  

बज्राचार्य गत साउन २२ गते काठमाडौँ उपत्यका प्रहरी कार्याशलय प्रमुखमा सरुवा भएकी थिइन्। यसअघि एसपी हुँदा भक्तपुर र एसएसपीमा ललितपुरको प्रहरी प्रमुख भइसकेकी बज्राचार्य काठमाडौँ उपत्यका प्रमुख बन्ने पहिलो महिला एआईजी हुन्।

बज्राचार्य २०५१ साल चैत ५ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेकी हुन्। एआईजीसम्मै आफ्नो ब्याचबाट पहिलो लटमै उनी बढुवा हुँदै आएकी थिइन्। प्रहरी महानिरीक्षकको दाबेदार भएपनि सरकारले वसन्त बहादुर कुँवरलाई नियुक्त गरेको थियो।

त्यससँगै उनी ५६ वर्षे उमेर हदका कारण ३० वर्षे सेवा अवधि पूरा नहुँदै अवकास भएकी हुन्। आगामी चैत ५ गते मात्रै उनको ३० वर्षे सेवा अवधि पूरा हुन्छ।

सोमबार बिदाई समारोहलाई सम्बोधन गर्दै एआईजी बज्राचार्यले राष्ट्र र नागरिकको सेवाको खातिर नेपाल प्रहरी संगठनले सुम्पेको जिम्मेवारी व्यवसायिक रूपमा सक्षमताका साथ निर्वाह गर्न सहयोग गर्ने आफू मातहतका सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई धन्यवाद दिइन्।

आम नागरिकलाई न्याय र सुरक्षाको अनुभूति दिन संगठनको हकहितका लागि केन्द्रित भई आफूले काम गरेको बज्राचार्यले बताइन्।

बज्राचार्यले हरेक सेवा निबृत्त प्रहरी कर्मचारीले समेत नेपाल प्रहरी संगठनलाई सहयोग गर्नुपर्नेमा जोड दिँदै आगामी दिनमा पनि संगठनको श्रीवृद्धिका लागि रचनात्मक सहयोग गर्न आफू तयार रहेको बताइन्।

प्रहरी नायव महानिरीक्षक (डीआईजी) ध्रुबराज राउतले एआईजी बज्राचार्य सेवा अवधि भर कुशल प्रशासक तथा सक्षम नेतृत्वकर्ता भएको बताउँदै प्रहरी सेवालाई अझै प्रभावकारी तथा नगारिकमैत्री बनाउनका लागि उनीबाट सल्लाह, सुझाव र निर्देशन निरन्तर प्राप्त हुने विश्वास व्यक्त गरे।

बज्राचार्यलाई डीआईजी राउतसहित मातहतका कार्यालय प्रमुखले मायाको चिनो प्रदान गरेका थिए। बज्राचार्यको अवकाससँगै काठमाडौँ उपत्यका प्रहरी प्रमुखबिहिन भएको छ। एआईजी सरुवाको निर्णय मन्त्रिपरिषद् बैठकले गर्नपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad