नेकपा माओवादी केन्द्रका सचिव राम कार्कीले विद्यार्थी संगठनबाट बाहिरिएका युवाहरुलाई पार्टीमा उचित जिम्मेवारी दिएर आफूहरुको पुस्तालाई सम्मानपूर्वक विदाइ गर्नुपर्ने प्रस्ताव गरेका छन्।
माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हद लगाउनुपर्ने प्रस्तावका पक्षमा बहुमत आएसँगै कार्कीले यस्तो प्रस्ताव गरेका हुन्। ‘वयगत मापो राम्रो होईन, खराब भन्दा राम्रो हो,’ उनले फेसबुकमा लेखेका छन्, ‘विद्यार्थीबाट बाहिरिएका तरुण पुस्तालाई उचित जिम्मेवारी प्रदान गर्ने र मेरो पुस्तालाई कार्यकारी तहहरुबाट सम्मानपूर्वक उचित स्थान तर्फ सार्ने अभियान संचालन गर्न सबै (हाम्रा सबै)जुटौं।’
माओवादीभित्र बौद्धिक छविका नेता मानिने उनले विभिन्न विषयमा पार्टीभित्र फरक धारणा राख्ने गरेका हुन्छन्।
273
Shares

प्रतिक्रिया