राजनीति


अखिल क्रान्तिकारीमा उमेर हद लगाउने प्रस्तावमा बहुमत, फेरि सारियो चुनाव

अखिल क्रान्तिकारीमा उमेर हद लगाउने प्रस्तावमा बहुमत, फेरि सारियो चुनाव

नेपालखबर
पुस १४, २०८१ आइतबार २३:४८, काठमाडौँ

नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) मा उमेर हद लगाउनुपर्ने प्रस्तावको पक्षमा बहुमत देखिएको छ।

अखिल क्रान्तिकारीमा उमेर हद लागू गर्ने कि नगर्ने भनेर शनिबार गरिएको मतदानमा उमेर हद लगाउनुपर्ने पक्ष विजय भएको निर्वाचन समितिले जनाएको छ।

आइतबार राति सार्वजनिक नतिजाअनुसार, १ हजार ७८९ मत खसेकामा ९०० मत ३२ वर्षको उमेरहद लगाउने पक्षमा परेको छ। उमेर हद नलगाउने पक्षमा ९७९ मत परेको छ। २१ मतको अन्तरले उमेर हद लगाउने प्रस्तावको जित भएको निर्वाचन समितिले जनाएको छ। १० मत बदर भएका छन्। कुल मतदाता भने २ हजार ३९८ थिए। 

निर्वाचन समितिले दोसो चरणको केन्द्रीय समितिको पदाधिकारी. केन्द्रीय सदस्य तथा आयोगका पदाधिकारीहरूको निर्वाचन कार्यक्रम पनि प्रकाशन गरेको छ। जसअनुसार माघ ५ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने प्रक्रिया सुरु गरी मतदान कार्य माघ १२ गते शनिबारका लागि तोकिएको छ।

पुस १५ अर्थात् सोमबारका लागि तय गरिएको मनोनयन दर्ता कार्यक्रम रद्द गरिएको छ।

अन्य कार्यतालिका पछि प्रकाशित गरिने पनि निर्वाचन समितिले जनाएको छ।

गत असोज १० देखि १५ गतेसम्म भएको अखिल क्रान्तिकारीको सम्मेलनमा उमेर हदको विवाद चर्किएपछि बन्द सत्र स्थगन भएको थियो।

अहिले नेतृत्वका लागि दीपेश पुन, मदन भुल, पवन कार्की, केशव रावल, नरेश रेग्मी, जीपी मैनालीलगायतले दाबी गरेका छन्। ३२ वर्षे उमेर हद लागू भए अहिले नेतृत्वको दौडमा रहेका अधिकांश बाहिरिनेछन्।

क्रान्तिकारीको संगठनात्मक संरचनाअनुसार भौगोलिक र गैरभौगोलिक ८६ वटा जिल्ला मतदान केन्द्रमा उमेरहद ३२ लगाउने वा खुला गर्नेबारे शनिबार मतदान गरिएको थियो। अखिल क्रान्तिकारीको इतिहासमा पहिलोपटक विधानउपर मतदान भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad