समाज


स्वास्थ्यमन्त्रीलाई रामेश कोइरालाको सुझाव- ती विज्ञलाई समितिबाट निकाल

स्वास्थ्यमन्त्रीलाई रामेश कोइरालाको सुझाव- ती विज्ञलाई समितिबाट निकाल

नेपालखबर
पुस १५, २०८१ सोमबार ०:२८, काठमाडौँ

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आइतबार साँझ अटिजम समस्याबारे सुझाव माग्दै सामाजिक सञ्जालमा एउटा सूचना राखे। 

बालबालिकाको बौद्धिक विकाससँग सम्बन्धित समस्या अटिजमबारे उनले सुझाव माग्ने क्रममा एक जना ख्यातिप्राप्त चिकित्सकबाट अनौठो सुझाव प्राप्त गरेका छन्।

मन्त्री पौडेलले अटिजम रोकथाम र उपचार प्रभावकारी बनाउने प्रयास शीर्षक राखेर सामाजिक सञ्जालमा लेखेका छन्, 'बालबालिकामा बढ्दै गएको समस्या अटिजम रोकथाम, उपचार, हेरविचारका लागि निर्देशिका बनाउने प्रक्रिया अघि बढाएका छौं। सरोकारवालाको सुझावका आधारमा तयार निर्देशिका कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्दछौं।'

गंगालाल राष्ट्रिय हृदय केन्द्रका वरिष्ठ शल्यचिकित्सक तथा विभागीय प्रमुख डा रामेश कोइरालाले मन्त्रीलाई सल्लाह दिने विज्ञलाई नै हटाउन सुझाव दिएका छन्। 

मन्त्रीले राखेको सूचनाको प्रतिक्रिया खण्डमा डा कोइरालाले लेखेका छन्, 'तपाईँलाई अटिजमको रोकथाम र उपचार हुन्छ भनेर जानकारी दिने ती विज्ञलाई त्यो समितिबाट निकालेर मात्र निर्देशिका बनाउन अनुरोध!'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad