राजनीति


सरकारले भन्योः बिनाकाम घरबाहिर ननिस्कनू, २५ जनाभन्दा बढी भेला नहुनू

सरकारले भन्योः बिनाकाम घरबाहिर ननिस्कनू, २५ जनाभन्दा बढी भेला नहुनू

नेपालखबर
चैत ५, २०७६ बुधबार १०:३४,

कोरोना भाइरस (कोभिड १९)को रोकथाम र नियन्त्रणका लागि सरकारले सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लब बन्द गर्ने निर्णय गरेको छ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले मानिसहरुको बढी जमघट हुने क्षेत्रहरुमा रोक लगाउने निर्णय गरेको हो।

‘सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने’ निर्णय गरेको हो। यसको अनुगमन गृह मन्त्रालय, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सञ्चार तथा सूचना मन्त्रालयले गर्ने बैठकले निर्णय गरेको छ।

यस्तै सरकारले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन समेत आग्रह गरेको छ। सामाजिक तथा सांस्कृतिक र अन्य त्यस्तै कार्यहरु हुने पार्टीप्यालेस, मठमन्दिर, चर्च, गुम्बा, मस्जिदजस्ता धार्मिक स्थलहरुमा २५ जना भन्दा बढी मानिसलाई भेला हुन बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ। सरकारले गरेका यी निर्णयको पालना भए नभएकोबारे प्रदेश र स्थानीय तहले अनुगमन गर्ने बताइएको छ।

त्यस्तै सार्वजनिक यातायातलाई सिट क्षमता भन्दा बढी यात्रु नराख्न आग्रह गरेको छ। त्यस्तै यात्रुहरुलाई पनि बढी भिडभाड गरी यात्रा नगर्नसमेत आग्रह गरेको छ। 

ImageImage

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad