राजनीति


सरकारले तीनकुनेमा व्यक्तिको जग्गा लुटेर राखेको छ : बालेन्द्र

सरकारले तीनकुनेमा व्यक्तिको जग्गा लुटेर राखेको छ : बालेन्द्र

नेपालखबर
पुस १२, २०८१ शुक्रबार १७:४, काठमाडौँ

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग आग्रह गरेका छन्।

शुक्रबार काठमाडौंमा काटेश्वर महोत्सवको उद्घाटन गर्दै उनले यस्तो आग्रह गरेका हुन्। उनेले तीनकुनेको जग्गाको मुआब्जा वितरण आफ्नो उमेर भन्दा बढी समयसम्म पनि वितरण नगरिनु दुःखद् रहेको बताए।

प्रमुख शाहले अहिले दुई तिहाईको सरकार रहेको भन्दै अहिलेको सरकारले चाहे मुआब्जा वितरणमा कुनै समस्या नहुने जिकीर गरे। उनले त्यसका लागि जग्गाधनीहरूले स्थानीय सरकार र संघ सरकारलाई दबाब दिन सुझाव दिए।

शाहले उक्त जग्गा सरकारले लुटेर राखेको र पक्रिया अघि बढिरहेको कुनैपनि नेताले भनेको खण्डमा नपत्याउन आग्रह गरे। अहिलेको सरकारले पनि मुआब्जा नदिए कहिल्यै नदिने उनको दाबी छ।

उनले भने, ‘पचासौँ वर्षदेखि समस्या समाधान भएको छैन, उहाँहरुले मुआब्जा पाउनुभएको छैन। कहिले कुन सरकार हुँदा अपोजिसनले मान्छ की मान्दैन, मुआब्जा दिन भनिन्थ्यो, कहिले अर्को सरकार हुँदा अरु बहुमत हुनेले मान्छ की मान्दैन भन्ने हुन्थ्यो। यसपालि बहुमत दुई तिहाईको सरकार छ। तर पनि केही गरेकै छैन। कोही नेता घरमा आश्वासन दिन आउनुभएको छ? तपाईंहरूको प्रोसेसमा छ, तपाईंहरुको काम हुँदैछ भन्यो भने नपत्याउनु होला। कुनैपनि प्रोसेस भएको छैन। केही काम भएको छैन।’

उनले थपे, ‘अहिलेसम्म यहाँको मुआब्जा दिनलाई सरकारले व्यक्तिको जग्गा एक हिसावले लुटेर राखेको छ। यसको मुआब्जा दिन कुनैपनि प्रोसेस भएको छैन। यसको लागि चाँडै होस् भन्ने अब शुभकामना मात्रै दिन सकिन्छ। किनभने अहिले दुई तिहाईको सरकारले चाह्यो भने जे पनि गर्नसक्छ।’

मेयर शाहले कोटेश्वर मेलाले कोटेश्वरको स्थानीय विशेषता दिन आवश्यक रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad