राजनीति


रविको बयान शुक्रबार पनि हुने

रविको बयान शुक्रबार पनि हुने

फाइल तस्बिर


नेपालखबर
पुस ११, २०८१ बिहिबार १८:५१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान शुक्रबार पनि हुने भएको छ। 

जिल्ला अदालत काकस्कीमा बिहीबार दिउँसोबाट बयान गराउन सुरु भए पनि नसकिएपछि शुक्रबार पनि हुने भएको हो। न्यायाधीश नितिज राईको इजलासमा बिहीबार करिब ३ घण्टा बयान चलेको थियो। 

पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा प्रतिवादी बनाइएका लामिछानेको बयान शुक्रबारसम्म चल्ने भएपछि थुनछेक बहस सोमबारबाट मात्रै सुरु हुने सम्भावना छ।

बिहीबार नै अर्की प्रतिवादी लिला पछाईको बयान सकिएपछि रविको बयान सुरु भएको हो। यसअघि नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल बन्जाडे जोशीको बयान सकिएको थियो। 

अब रामबहादुर खनाल र देवकुमार नेपालीको बयान गराउन बाँकी छ। यसअघि सरकारी वकिलको रोहबरमा प्रहरीले बयान लिए पनि अदालतमा पुनः बयान गराउनपर्छ।
 
सूर्यदर्शन सहकारी ठगीमा लामिछानेसहित ३१ जनालाई प्रतिवादी बनाइएको छ। सम्पत्ति शुद्धीकरणमा ४ जना र क्रिप्टोको कसुरमा २ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरुलाई संगठित अपराधको कसुरमा पनि प्रतिवादी बनाइएको छ। 

सहकारी ठगीमा उनीहरुविरुद्ध १ अर्ब ५१ करोड ४० लाख रुपौयाँ बढी बिगो कायम गरिएको छ। सम्पत्ति शुद्धीकरणमा प्रतिवादी बनाइएकाको हकमा बिगो छुट्टै छ। बयान सकिएपछि उनीहरुलाई थुनामा राख्ने कि थुनाबाहिर भनेर आदेश हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad