राजनीति


सरकारले गरेका कामबाट धेरैजना खुशी छन् : परराष्ट्रमन्त्री राणा

सरकारले गरेका कामबाट धेरैजना खुशी छन् : परराष्ट्रमन्त्री राणा

नेपालखबर
पुस ११, २०८१ बिहिबार १८:६, काठमाडौँ

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले देशमा सुशासन स्थापित गर्न दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएको बताएकी छन्।

बिहीबार काठमाडौंमा वन तथा वातावरण मन्त्रालयले कोप २९ को समीक्षाका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री देउवाले सरकारले नागरिकका मुद्दाहरुमा काम गरिरहेको बताएकी हुन्।

उनले दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाउँदा धेरैले आलोचना गरेपनि अहिले सरकारले गरेका कामहरुबाट खुशी भएको उल्लेख गरिन्।

उनले नागरिकका समस्यासँग अहिलेको सरकार राम्रोसँग जानकार रहेको र समाधानको काम गरिरहेको उल्लेख गरिन्। देशमा आएका संकटहरुको समाधानका लागि कांग्रेस र एमाले मिलेर सरकार बनाएको उनको धारणा थियो।र

परराष्ट्रमन्त्री राणाले भनिन्, ‘हाम्रो दुईवटा दल मिलेर सरकार बनाउँदा धेरै मान्छेहरु अलिकति सक्ड नै भएका थिए। सबैभन्दा धेरै प्रतिष्पर्धामा हुने पार्टीहरुले किन सरकार बनायो होला त? ठिक यस्तै कुराहरुलाई एड्रेस गर्न। धेरै ठाउँमा हामीलाई इस्युज थाहा छ, रेस्पोन्स पनि थाहा छ तर हामी त्यहाँ पुग्नै सक्दैनौँ।’

उनले वर्तमान सरकारले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि पनि उल्लेख्य काम गरिरहेको बताइन्। जलवायु परिवर्तनसँग सम्बन्धित लस एण्ड ड्यामेज फण्ड र क्लाइमेट फाइनान्सको प्राप्तिका लागि कर्मचारीतन्त्रबाट बढी सक्रियतापूर्वक काम हुनुपर्ने बताइन्।
 
परराष्ट्रमन्त्री राणाले भविष्यको लागि सोचेर रणनीति बनाउनुपर्ने बताइन्। देशको आवश्यकता हेरेर एक्शनमा जानुपर्ने उनको धारणा थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad