राजनीति


प्रधानमन्त्री ओलीविरुद्ध राष्ट्रपति पौडेलको भाइरल भिडिओ ४ वर्ष पुरानो

प्रधानमन्त्री ओलीविरुद्ध राष्ट्रपति पौडेलको भाइरल भिडिओ ४ वर्ष पुरानो

फाइल तस्बिर


नेपालखबर
पुस ११, २०८१ बिहिबार १२:३८, काठमाडौँ

अहिले सामाजिक सञ्जालमा हाल राष्ट्रपति रहेका रामचन्द्र पौडेलले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरिरहेको भिडिओ भाइरल छ। 

जसमा पौडेल भनिरहेका छन्, ‘ ‘कसले भन्यो ओली लोकतन्त्रको नाममा १४ वर्ष जेल बसे भनेर? ज्यान मुद्दामा बसेको हो...।’ 

उक्त भिडिओ क्लिप्सलाई अहिले प्रधानमन्त्री ओलीका विरोधीले सामाजिक सञ्जालमा भाइरल बनाइरहेका छन्। कतिपयले प्रधानमन्त्री ओलीविरुद्ध राष्ट्रपति पौडेलले हालसालै गरेको आलोचना ठानिरहेका छन्। 

तर उक्त भिडिओ अहिलेको नभई ४ वर्षअघिको हो, जतिबेला रामचन्द्र पौडेल राष्ट्रपति भइसकेका थिएनन्। त्यसबेला उनी नेपाली कांग्रेसका वरिष्ठ नेता थिए। 

कुरा कोरोनाकालको हो। तत्कालीन वरिष्ठ कांग्रेस नेता २०७७ मंसिर १८ गते तनहुँको व्यास नगरपालिकास्थित बुल्दीखोला पुल उद्घाटन गर्न त्यहाँ पुगेका थिए। त्यस क्रममा निषेधित क्षेत्र तोडेको भनी प्रहरीले उनलाई नियन्त्रणमा लिएर ३ घण्टापछि छाडेको थियो। 

त्यसपछि पौडेलले त्यतिबेला पनि प्रधानमन्त्री रहेका ओलीको चर्को आलोचना गर्ने क्रममा त्यसो भनेका थिए। 

भिडिओमा अगाडि पौडेल भनिरहेका छन्, ‘एउटा मुद्दामा झ्याप्प परिहाल्यो। जोसमा आएर झापाकाण्ड घटिहाल्यो। यो लोकतन्त्रका लागि हो? म मान्दिनँ। केपी ओली मेरा अगाडि कुरा गरून्।’ 

नेकपा एमालेले २०२८ सालमा ‘झापा विद्रोह’ गरेको थियो। 

रामचन्द्र पौडेल २०७९ फागुनदेखि राष्ट्रपति पदमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad