राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा शरतसिंह भण्डारीले जिम्मेवारी सम्हालेका छन्।
अध्यक्ष मण्डलको मङ्गलबार भएको बैठकको निर्णयअनुरुप भण्डारीले राजपाको नेतृत्व लिएका हुन।
राजपाको पार्टी एकताको महाधिवेशन नभएसम्म चक्रीय प्रणालीमा नेतृत्व फेरिने परम्पराअनुरुप हरेक दुई महिनामा नेतृत्व परिवर्तन हुन्छ।
अध्यक्ष मण्डलका ६ नेताले पालैपालो नेतृत्व सम्हाल्दै आएका छन्। यसअघि महेन्द्रराय यादव राजपा अध्यक्ष मण्डलको संयोजक थिए। रासस

प्रतिक्रिया