लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको पाचौँ अधिवेशन आह्वानकालागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
प्रदेश मन्त्रीपरिषद्को आज बसेको बैठकले यही पुस १६ गते दिउँसो २ बजे प्रदेश सभाको पाचौँ अधिवेशन आह्वानकालागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए।
गत भदौ ३१ गते चौथो अधिवेशन अन्त्य भएको थियो। साढे तीन महिनापछि पाचौँ अधिवेशन बैठक बस्न लागेको हो।
त्यसैगरी बैठकले प्रदेश चलचित्र विधेयकको अवधारणापत्रमा सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ। रासस
15
Shares

प्रतिक्रिया