राजनीति


कांग्रेसमा बीपीको नाम लिएर आफू उम्किने परिपाटी विकास भयो : गगन थापा

कांग्रेसमा बीपीको नाम लिएर आफू उम्किने परिपाटी विकास भयो : गगन थापा

नेपालखबर
पुस ५, २०८१ शुक्रबार १६:२६, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बीपी (विश्वेश्वरप्रसाद कोईराला) को नाम लिएर आफूलाई मन लागेका कुराहरू भन्ने परिपाटी कांग्रेसमा विकसित भइरहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा कैलास कोईरालाद्वारा लिखित उपन्यास शास्त्रको विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले पार्टीभित्र नेताहरूलाई आफूलाई भन्न मन लागेको कुराहरू बीपीको नाम लिएर भन्ने गरेकोप्रति असन्तुष्टि व्यक्त गरे।

उनले पार्टीका नेता, कार्यकर्ताहरूले विपीले यस्तो भन्नुहुन्थ्यो भन्नु छ भने अरुले भनेको सुनेको आधारमा भन्न नहुने बताए। उनले रिफ्रेन्समा प्रयोग गर्न पाइने भएपनि आफैँले अध्ययन गरेर मात्रै प्रयोग गर्न आग्रह गरे।

आफूलाई भनेको कुरा विपीको नाममा भन्ने र आफू उम्किने बाटो खोज्ने गरेको आरोप लगाए।

उनले भने, ‘हाम्रो पार्टीभित्र जसलाई जे कुरा भन्नुपरेता पनि कसैलाई आफूलाई मन लागेको कुरा भन्नुपर्‍यो भने कहाँ गएर खोज्ने भने बीपीले यस्तो भन्नुभएको थियो भन्ने। बीपीले आएर मैले यस्तो भनेको होइन भन्नुहुन्न। बीपीले यस्तो भनिदिएको थियो भनेर भनिदिने । त्यसो गरेपछाडि सजिलोसँग उम्किने बाटो हुने।’

उनले थपे, ‘कसैलाई संघीयता मन नपर्ला, कसैलाई संविधान मन नपर्ला। कसैलाई के मन नपर्ला। यो त प्रोग्रामका कुराहरु हुन्। बढो सजिलोसँग पार्टीको बैठकमा वा यस्ता मञ्चहरूमा सबै ठाउँमा हाम्रो बीचमा वादविवाद, विमर्स हुँदै गर्दा मान्छेले यो कुरा ठिक भएन भन्दै गर्दा विपी कोईरालाले भन्नुभएको ठिक भएन भनेर भन्दिने कुरा छ। धर्मका सन्दर्भमा पनि यो कुरा बढो जोडतोडले आएको छ। बीपीको पार्टी भएर बीपीको बाटो छोड्ने? भन्छन्।’

महामन्त्री थापाले राज्यको धर्म जनतालाई न्याय दिनु भएको बताए। उनले धर्मको सामाजिक पक्षलाई ग्रहण गरेर व्यवहारमा उतार्नु नै राजनीतिको काम भएको धारणा राखे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad