परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज भारतको नयाँ दिल्ली पुगेकी छिन्। उनी युरोपका केही कार्यक्रममा सहभागी भइ बुधबार जर्मनीको बर्लिनबाट नयाँ दिल्लीतर्फ प्रस्थान गरेकी थिइन्।
उनले भोलि नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत आर्थिक सम्मेलनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नेछिन्।
परराष्ट्रमन्त्री राणाको सचिवालयका अनुसार त्यसपछि उनले नयाँ दिल्लीमा नियमित स्वास्थ्य परीक्षण गराउनेछिन्। त्यही कारण उनको दिल्ली बसाइँ केही लम्बिने भएको छ।
उनी आगामी सोमबार स्वदेश फर्कनेछिन्। यसअघि उनी कार्यक्रममा सहभागी भएर शनिबार नै नेपाल फर्किने बताइएको थियो।
441
Shares

प्रतिक्रिया