बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)का बरिष्ठ अधिकारीहरुको २४ औं भर्चुल बैठकमा नेपालले सहभागिता जनाएको छ।
बिहीबार भएको बैठकमा कायममुकामय परराष्ट्रसचिव अमृतबहादुर राईको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाएको हो। बैठकमा सचिव राईले नेपालको तर्फबाट धराणा राखेका थिए।
बैठकको अध्यक्षता थाइल्यान्डको परराष्ट्र मन्त्रालयका कार्यबहाक स्थायी सचिव पइसन रुपनिचकिजले गरेका थिए।
60
Shares

प्रतिक्रिया