राजनीति


अख्तियार सम्बन्धी विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन : खतिवडा

अख्तियार सम्बन्धी विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन : खतिवडा

फाइल तस्बिर


नेपालखबर
पुस ४, २०८१ बिहिबार १४:७, काठमाडौँ

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमा उपसमितिले पेस गरेको प्रतिवेदनमाथि प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै हस्तक्षेप नरहेको स्पष्ट पारेका छन्। 

सभापति खतिवडाले समिति स्वतन्त्र रूपमा आफ्नो  काममा क्रियाशील रहेको तथा यसका काममा ‘प्रधानमन्त्री ओलीको चासो’ भन्ने आधारहीन प्रचार भएकामा त्यसको प्रतिवाद गरे। ‘कस्ले दुष्प्रचार गरेको हो जानकारी छैन,' उनले भने।

उपसमितिले नीतिगत बाहेकका विषयमा मन्त्रिपरिषद्ले गरेको निर्णयमाथि पनि आयोगले अनुसन्धान गर्न सक्ने गरी संशोधन गर्न सुझाव दिएको थियो।रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad