राजनीति


संविधान संशोधनका लागि छलफल सुरु भएको छ : गृहमन्त्री लेखक

संविधान संशोधनका लागि छलफल सुरु भएको छ : गृहमन्त्री लेखक

नेपालखबर
मंसिर ३०, २०८१ आइतबार १५:१५, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशितालाई थप सुदृढ गर्नेगरी संविधान संशोधन हुने बताएका छन्।

आइतबार चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले संविधान संशोधनको विषयमा दुई राजनीतिक दलहरूले प्रारम्भिक छलफल सुरु गरिसकेको बताए।

उनले संविधान संशोधन दुईवटा राजनीतिक दलहरुले गरेर मात्रै नहुने भन्दै दुई राजनीतिक दलहरूको पहलमा सबै राजनीतिक दलहरुसँगको समन्वयबाट हुने बताए। संविधानको अभ्यासका क्रममा देखिएका सबल र दुर्बल पक्षलाई छनोट गर्ने र सबै राजनीतिक दलहरुबीच सहमतिका साथ संविधान संशोधन गर्ने बताए।

उनले, ‘हामीले संविधान संशोधन गर्ने भनेको पनि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशितालाई थप राम्रो, थप सुदृढ र थप बलियो बनाउनका लागि गर्ने भनेको हो। हामीले संविधान संशोधनको विषयलाई पनि दुई राजनीतिक दलहरूले प्रारम्भिक छलफल सुरु गरेका छौँ। तर संविधानको संशोधन दुई वटा राजनीतिक दलहरूले गरेर मात्रै हुने होइन, हामी संविधानको १० वर्षको अनुभवको समीक्षा गर्दछौँ। महत्वपूर्ण विषयहरु संविधानको अभ्यासका क्रममा देखिएका सबल र दुर्बल पक्षलाई छनोट गर्दछौँ।’

उनले थपे, ‘सबै राजनीतिक दलहरुसँग वार्ता, संवाद, छलफल गरेर सबै दलहरुका बीचमा सहमतिका साथ संविधान संशोधन गर्दछौँ। यो हाम्रो मार्गचित्र स्पष्ट छ। त्यसो भएको हुनाले दुई दलले मात्रै संविधान संशोधन गर्ने होइन, तर कसै न कसैले त पहल त गर्नुपर्यो। हामी दुई दल पहल अघि बढाउँछौँ। यसका लागि प्रारम्भिक छलफल भएको छ। हामी सबै राजनीतिक दलहरुलाई समेटेर संविधान संशोधन गर्दछौँ।’

गृहमन्त्री लेखकले वर्तमान सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको बताए। एमाले र कांग्रेसबीच भएको सहमतिअनुसार नै वर्तमान सरकार अघि बढ्ने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad