राजनीति


वैशाख २५ गतेभित्र अधिवेशन गर्न नसक्ने भ्रातृ संगठनलाई जसपाले विघटन गर्ने

वैशाख २५ गतेभित्र अधिवेशन गर्न नसक्ने भ्रातृ संगठनलाई जसपाले विघटन गर्ने

नेपालखबर
मंसिर २९, २०८१ शनिबार १८:४५, काठमाडौँ

जनता समाजवादी पार्टी नेपालले ‘जनतासँग जसपा नेपाल, संगठन निर्माण अभियान’लाई आगामी माघ मसान्तसम्म जारी राख्ने निर्णय गरेको छ।  

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शनिबार कार्यकारिणी समितिको बैठकले संगठन बिस्तार अभियान अत्यन्तै प्रभावकारी रहेको निष्कर्ष निकाल्दै यसलाई माघ मसान्तसम्मलाई निरन्तरता दिएको हो। शुक्रबार सुरु भएको बैठक शनिबार सम्पन्न भएको छ।

बैठकले स्थानीय तहको उपनिर्वाचनमा मधेश प्रदेशसहित जसपा नेपालले देशैभरिबाट प्राप्त गरेको जनताको मत परिणाम सन्तोषजनक रहेपनि यो पर्याप्त नरहेकोले संगठन निर्माण एवं विस्तार अभियानलाई अझ प्रभावकारी ढंगले अघि बढाउने निष्कर्ष निकालेको छ।

आगामी संगठनात्मक कार्यदिशाका सम्बन्धमा बैठकले पूर्वपश्चिम राजमार्गमा संगठन निर्माणको लागि विशेष सांगठनिय कार्ययोजना तयार गर्ने निर्णय गरेको छ।

महाधिवेशन पछि थप भएका क्रियाशील सदस्यता विवरण केन्द्रीय कार्यालयले आगामी फाल्गुन १५ गतेभित्र आद्यावधि गर्ने निर्णय गरेको छ। जसपा नेपालको पार्टीको स्थानीय तह र प्रदेश अधिवेशन चैत्र महिनाभित्र सम्पन्न गर्ने समेत निर्णय गरेको छ।

यसका साथै, आगामी वैशाख २५ गतेभित्र सम्पूर्ण प्रदेश तथा राष्ट्रिय समितिहरुको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ। तर तोकिएको समयभित्र अधिवेशन सम्पन्न गर्न नसक्ने भ्रातृ संगठन स्वतः विघटन हुने समेत निर्णय भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad