ग्लोबल


महाभियोग पारित भएसँगै दक्षिण कोरियाली राष्ट्रपति निलम्बित

अब संवैधानिक अदालतले गर्ने छ फैसला, प्रधानमन्त्री बने कामचलाउ राष्ट्रपति
महाभियोग पारित भएसँगै दक्षिण कोरियाली राष्ट्रपति निलम्बित

नेपालखबर
मंसिर २९, २०८१ शनिबार १९:२५,

दक्षिण कोरियाको संसद दोस्रो प्रयासमा राष्ट्रपति युन सुक योलविरुद्ध महाअभियोग लगाउन सफल भएको छ। यससँगै युन राष्ट्रपतिबाट निलम्बित भएका छन्।

उनको निलम्बनपछि प्रधानमन्त्री हान हान डक सु कामचलाउ राष्ट्रपति बनेका छन्।

अब युनको भविष्यको फैसला संवैधानिक अदालतले गर्ने छ। ९ सदस्यीय संवैधानिक अदालतलमा ६ जनाले महाभियोगको पक्षमा मत दिए युन पदबाट बर्खास्त हुने छन्। अन्याथा उनी पदमा सक्रिय हुन सक्ने छन्।

सो अदालतले यसको फैसला ६ महिनाभित्र गरिसक्नुपर्ने छ।

त्यसबाहेक उनीमाथि राज्यद्रोहको अभियोग पनि लाग्न सक्छ।

तर, युनले आफू कहिल्यै पछि नहट्ने भन्दै अन्तिमसम्म लडिरहने बताएका छन्।

उनीविरुद्धको महाभियोग पारित भएपछि आन्दोलनरत कोरियाली जनता खुसी भएका छन्। तापक्रम माइनसमा रहेको सोलमा हरेक दिन उनीहरुले प्रदर्शन गरिरहेका थिए।

३ सय सदस्यीय कोरियाली संसदका २०४ सदस्यले महाभियोगका पक्षमा मतदान गरेका थिए। सत्तारुढ पीपीपीका १२ सांसदले महाभियोगलाई समर्थन गरेकाले यस्तो नतिजा आएको हो।

यसअघि सत्तारुढ दलले मतदान बहिष्कार गर्दा महाभियोग प्रयास असफल भएको थियो। 

कामचलाउ राष्ट्रपतिका रुपमा हान डक सुले स्थिति स्थिर पार्ने र सामान्य अवस्था फर्काउने बताएका छन्। 

‘राजकीय मामिलाका लागि जिम्मेवार व्यक्तिका हैसियतले यो दुर्भाग्यपूर्ण अवस्थाका लागि म जिम्मेवारी लिन्छु र कोरियाली जनतासामु माफी माग्छु,’ उनले भने। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad