राजनीति


निजामती सेवा प्रवेशको उमेर नघटाउन सांसदहरूको माग

निजामती सेवा प्रवेशको उमेर नघटाउन सांसदहरूको माग

फाइल तस्बिर: राज्य व्यवस्था तथा सुशासन समितिको बैठक


नेपालखबर
मंसिर २६, २०८१ बुधबार १३:५५, काठमाडौँ

सांसदहरूले निजामती सेवा प्रवेशको उमेर नघटाउन माग गरेका छन्।

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० बारे छलफलका क्रममा सांसदहरूले यस्तो माग राखेका हुन्।

२०८० फागुनमा संसद्‌मा दर्ता भएको निजामती विधेयकबारे हाल संसद्‌को राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल चलिरहेको छ।

समितिले केही दिनदेखि विधेयक उपर संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल गरिरहेको छ।

समितिको बैठकमा उपस्थित सांसदहरूले सेवा प्रवेशको उमेर घटाउन नहुने तर्क गर्दै पुरानै कायम राख्नुपर्ने धारणा राखेका हुन्।

समितिको बैठकमा उपस्थित प्रतिनिधि सभा सदस्य दामोदर पौडेल वैरागीले सामूहिक संशोधन प्रस्ताव प्रस्तुत गर्दै सेवा प्रवेशको उमेर महिलाका लागि ४० र पुरुषका लागि ३५ वर्ष नै कायम राख्न माग गरे।

नयाँ विधेयकमा सेवा प्रवेशको अन्तिम उमेर महिलाका लागि ३७ र पुरुषका लागि ३२ वर्ष प्रस्ताव गरिएको छ।

नयाँ विधेयकमा प्रस्ताव गरिएको ३२ र ३७ का ठाउँमा ३५ र ४० वर्ष हुनुपर्ने सांसदहरूको संशोधन प्रस्ताव छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad