नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा समानुपातिक सदस्यको रिक्त पदमा सुनिता थापालाई मनोनयन गर्न सिफारिस निर्णय गरेको छ।
सोमबार सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो।
गण्डकी प्रदेश सभाका सदस्य विमला गौचनको गत २८ गते राति निधन भएपछि सो पद रिक्त छ।
यस्तै, कांग्रेसले सभापति देउवाले उमेश श्रेष्ठलाई कोषाध्यक्ष पदमा गरेको मनोनयन अनुमोदन गरेको छ भने नेपाल तरुण दल र नेपाल किसान महासंघको विधान अनुमोदन गरेको छ।
सोही अनुसार आवश्यक कार्यान्वयनका लागि निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

78
Shares

प्रतिक्रिया