भारतले नेपाली वस्तुको गुणस्तर नवीकरणगरेसँगै निर्यात हुन थालेका छन्। भारतले गोल्ड स्टारका जुत्ताको गुणस्तर प्रमापणपत्र दिएसँगै निर्यात सुरु भएको हो।
ब्युरो अफ इन्डियन स्ट्यान्डर्डले नेपालबाट निर्यात हुने गोल्ड स्टार, अर्घाखाँची सिमेन्ट लगायतका वस्तुको निर्यात रोकिएको थियो। भारतले नेपाली वस्तुको निर्यातको गुणस्तर स्वीकृतगरी प्रमाणपत्र नदिँदा चालु आर्थिक वर्षमा जुत्ता र सिमेन्ट निर्यात नै घटेको छ।
नेपाली वस्तुको निर्यात नै रोकिएपछि नेपाल भारत उद्योग वाणिज्य संघका अध्यक्ष सुनिल केसीले निर्यात खुलाउन पहल गरेका थिए। केही वस्तुले प्रमाणपत्र पाएर निर्यात थालेका छन् भने केही प्रक्रियामै छन्।
किरण शू की कार्यकारी निर्देशक विदुशी राणाले गोल्ड स्टारले भारतबाट गुणस्तर मापदण्ड पूरागरी स्वीकृत पाएको बताइन्।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले किरण शू अर्थात गोल्ड स्टारले भारतमा निर्यात थालिसकेको बताए।
‘भारतले गुणस्तर मापदण्ड अनुसार नेपाली वस्तुलाई प्रमाणपत्र दिन ढिलाई गरेको थियो,’ मन्त्रालयका प्रवक्ता समेत रहेका अधिकारीले भने,‘नेपालबाट बढी निर्यात हुने गोल्ड स्टारका जुत्ता निर्यात हुन थालेका छन्। अरु वस्तु प्रक्रियामा रहेको जानकारी पाएका छौं।’
भारतको गुणस्तर मापन गर्ने निकाय ‘ब्युरो अफ इन्डियन स्ट्यानन्डर्ड’ले सिमेन्ट उद्योगलाई २ वर्षका लागि प्रमाणपत्र दिएको थियो। अर्घाखाँची सिमेन्टको प्रमाणपत्र नवीकरणमा ढिलाई हुँदा निर्यात नै रोकिएको छ। अर्घाखाँची सिमेन्टले भारतीय अधिकारीले गुणस्तर प्रमाणपत्र दिन ढिलाई गर्दा निर्यात रोकिएको बताएका छन्।
भन्सार कार्यालय भैरहवाका सूचना अधिकारी नगेन्द्र प्रसाद चौधरीले अर्घाखाँची सिमेन्टको क्लिङकर निर्यात भैरहेपनि सिमेन्ट २ महिनादेखि हुन नसकेको बताएका छन्।
‘मंसिर महिनामा पाल्पा सिमेन्ट, सर्वोत्तम सिमेन्ट निर्यात भएको छ’, चैधरीले भने,‘अर्घाखाँची सिमेन्टको निर्यात सुरु हुन सकेको छैन।’
Shares

प्रतिक्रिया