राजनीति


रविका पक्षमा उभिए प्रचण्ड, भने- सरकारको व्यवहार निरंकुश, अमानवीय र प्रतिशोधपूर्ण

रविका पक्षमा उभिए प्रचण्ड, भने- सरकारको व्यवहार निरंकुश, अमानवीय र प्रतिशोधपूर्ण

नेपालखबर
मंसिर २४, २०८१ सोमबार १५:४३, काठमाडौँ

नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेमाथि सरकारले गरेको व्यवहारको निन्दा गरेका छन्। 

सोमबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्। 

‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु। त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु,’ प्रचण्डले लेखेका छन्। 

केही दिनअघि सहारा चितवन सहकारी ठगीमा लामिछानेको बयान सकेर राति नै पोखरा लगिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आपत्ति जनाएको थियो। त्यस क्रममा रविमाथि अमानवीय व्यवहार गरिएको र उनको मानव अधिकारको समेत हनन् भएको रास्वपाको भनाइ थियो। 

रविपत्नी निकिताले यस विषयमा मानव अधिकार आयोगमा निवेदन दिएकी छन्। प्रहरीले भने रविलाई उनकै सुरक्षाका लागि राति नै चितवनबाट पोखरा लैजानुपरेको बताएको छ।

रविलाई चितवन लगेपछि रास्वपाका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिल कार्यालय घेराउ गरेका थिए। त्यसक्रममा रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप पनि भएको थियो। 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad