ad ad

राजनीति


नेपालस्थित विदेशी कुटनीतिज्ञको चासोः कहाँ जचाउने? औषधि पर्याप्त छ कि छैन?

नेपालस्थित विदेशी कुटनीतिज्ञको चासोः कहाँ जचाउने? औषधि पर्याप्त छ कि छैन?

नेपालखबर
चैत ३, २०७६ सोमबार १४:४३,

परराष्ट्र सचिव शंकरदास बैरागीले कोरोना भाइरस संक्रमणको रोकथामका लागि नेपाल सरकारले चालेका कदमहरुबारे नेपालस्थित विदेशी कुटनीतिक समुदायलाई जानकारी गराएका छन्।

परराष्ट्र मन्त्रालयमा आयोजना गरेको ब्रिफिङमा राजदूत बैरागीले अन अराइभल (एयरपोर्टमैं पाउने) भिसासम्बन्धी प्रावधानमा गरिएको परिवर्तन, तेस्रो देशका नागरिकलाई स्थल मार्गबाट नेपाल प्रवेशमा लगाइएको रोक आदिबारे जानकारी गराएका थिए।

‘ब्रिफिङमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणको रोकथामका लागि नेपालले चालेको कदमबारे जानकारी गराएका हौ। अन अराइभल भिसाको व्यवस्थामा गरिएको परिवर्तनलगायत विषयहरुबारे जानकारी गराइएको थियो,’ मन्त्रालयका प्रवक्ता भरत पौडेलले भने, ‘कुटनीतिक समुदायबाट पर्याप्त औषधि छ छैन र जाँच गराउनपर्ने अवस्था आयो भने कहाँ जँचाउने हो जस्ता जिज्ञासा र चासो राखिएको थियो।’

सरकारले उपचारका लागि विभिन्न अस्पतालमा गरेको व्यवस्था बारेमा जानकारी गराएको थियो।

सो ब्रिफिङमा नेपालस्थित आवासीय मिसनमा रहेका कुटनीतिक समुदायका प्रतिनिधिहरु सहभागी थिए।

बैठकमा नेपाली पक्षले उपप्रधानमन्त्री र्ईश्वर पोखरेलको नेतृत्वमा रहेको उच्चस्तरीय समन्वय समिति र मुख्य सचिवको नेतृत्वमा रहेको स्टेरिङ कमिटीहरुले कसरी काम गरिरहेका छन् भन्नेबारे जानकारी गराएका थिए।

त्यसैगरी कोरोनाको रोकथामका लागि स्वास्थ्य मन्त्रालयले चालेको कदम, परराष्ट्र मन्त्रालयले विदेशस्थित कुटनीतिक नियोगमार्फत् गरिरहेको पहलकदमीहरुबारे समेत जानकारी गराइएको थियो।

विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले कोरोना भाइरसलाई महामारी घोषणा गरेपछि संसारभरका मुलुकले यसको रोकथामका लागि विभिन्न कदम चालेका छन्।

नेपालमा हालसम्म एकजना मात्रैमा भाइरसको संक्रमण देखिएको थियो। ती व्यक्ति उपचारपछि पूर्णरुपमा स्वस्थ भएका छन्।

विश्वभर करिब १ लाख ७१ हजार संक्रमित भएका छन् भने साढे ६६ सय जनाको मृत्यु भएको छ।

चीनबाट शुरु भएको यो भाइरसको संक्रमण विश्वभर फैलिएको छ। केहि दिनयता चीनमा सो महामारी नियन्त्रणमा आएको छ भने युरोप महादेश संक्रमणको केन्द्र बन्न पुगेको छ।

युरोपका इटली, स्पेन, फ्रान्स, जर्मनी, बेलायतसहितका देश नराम्रोसँग प्रभावित भएका छन्। त्यसैगरी इरान, दक्षिण कोरिया, जापान पनि प्रभावित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .