झापामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने राष्ट्रिय स्वतन्त्र पार्टीका एक कार्यकर्ता पक्राउ परेका छन्।
दमकको टावर र अन्य कार्यक्रममा सहभागी हुन झापा पुगेका ओलीलाई कालो झण्डा दखाउन लागेका शम्भु ढकाललाई पक्राउ गरिएको डीएसपी कृष्ण चन्दले बताए।
उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ। उनी २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाबाट उम्मेदवार समेत बनेका थिए।
162
Shares

प्रतिक्रिया