कोशी


प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको भवन उद्घाटन

प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको भवन उद्घाटन

नेपालखबर
मंसिर २३, २०८१ आइतबार १४:२०, झापा

प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको मेचीनगर नगरपालिका-४, आमडाँडीस्थित मानवसेवा आश्रमको जिल्ला कार्यालयको भवन उद्घाटन र मानवसेवा स्मारकको शिलान्यास गरेका छन्।

प्रधानमन्त्री ओली र उनकी श्रीमती राधिका शाक्यले उद्घाटन र शिलान्यास गरेका हुन्। कार्यक्रममा आश्रमका लागि दुई बिगाह पाँच कट्ठा जग्गा दिने स्थानीय रामबहादुर प्रधान र परिवारलाई सम्मान गरिएको थियो। प्रधानमन्त्री ओलीले सो आश्रमको भवन निर्माणका लागि आफ्नो एक महिनाको तलब र प्रधम महिला शाक्यले दुई महिनाको पेन्सन रकम दिने घोषणा गरेका छन्।

प्रधानमन्त्री ओलीको घोषणापछि अन्य अतिथि र जनप्रतिनिधिले पनि सहयोगको घोषणा गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad