राजनीति


प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री खनाल चीनमै छँदा माओवादी उपाध्यक्ष श्रेष्ठ पनि उडे

प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री खनाल चीनमै छँदा माओवादी उपाध्यक्ष श्रेष्ठ पनि उडे

नेपालखबर
मंसिर १९, २०८१ बुधबार १९:५२, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल चीनको औपचारिक भ्रमणमा रहेकै बेला प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ बुधबार चीन भ्रमणमा गएका छन्।

बुधबार अपरान्ह १२ बजे उनी चाइना साउदर्नको उडानमा चीनको ग्वान्जाउ प्रस्थान गरेका हुन्। पूर्वपरराष्ट्रमन्त्री समेत रहेका उपाध्यक्ष श्रेष्ठ स्वकीय सचिव सुरेशकाजी श्रेष्ठका साथ उनी चीन गएका हुन्।

सांघाईमा हुने दक्षिण एसियासम्बन्धी एक कार्यक्रममा सहभागी हुन उनी चीन गएको निजी सचिवालयले जनाएको छ।

चीन जानुअघि उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सल्लाह गरेका थिए। करिब एक घण्टा खुमलटारमा बिताएका उनले   भोलि (बिहीबार) बस्ने पदाधिकारी बैठकमा उपस्थित हुन नसक्ने जानकारी पनि दिएका थिए।

एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल पनि चीनमै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad