राजनीति


प्रधानमन्त्री ओलीको चीन भ्रमणमा यी ९ वटा सहमति तथा समझदारी पत्रमा हस्ताक्षर

प्रधानमन्त्री ओलीको चीन भ्रमणमा यी ९ वटा सहमति तथा समझदारी पत्रमा हस्ताक्षर

नेपालखबर
मंसिर १८, २०८१ मंगलबार १२:२७, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा ९ वटा सहमति तथा समझदारी पत्रमा हस्ताक्षर तथा पत्र आदानप्रदान भएको छ।

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच आज बिहान ग्रेट हल अफ पिपलमा भएको भेटवार्तापछि उनीहरूकै उपस्थितिमा दुवै देशका सम्बन्धित अधिकारीहरूले ९ वटा महत्त्वपूर्ण दस्तावेजमा हस्ताक्षर तथा पत्र आदानप्रदान गरेका हुन्।

प्रधानमन्त्रीस्तरीय प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता तथा हस्ताक्षर कार्यक्रमपछि परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव कृष्णप्रसाद ढकालले ९ वटा सहमति तथा समझदारी पत्रमा हस्ताक्षर तथा पत्र आदानप्रदान भएको जानकारी दिए।

उनका अनुसार, टोखा-छहरे सुरुङमार्गको पत्रको आदानप्रदान भएको छ। नेपाल–चीन व्यापारसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। नौतले वसन्तपुर दरबार पुनःनिर्माण प्रमाणपत्रको आदानप्रदान गरिएको छ।

थर्मल्ली प्रोसेस्ड बफेलो मिट निर्यात प्रोटोकल, विकास योजनासम्बन्धी समझदारीपत्र र आर्थिक तथा प्राविधिक  सहयोग समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।

यसै क्रममा नगद अनुदानसम्बन्धी पत्र आदानप्रदान गरिएको छ।

स्वयंसेवी चिनियाँ भाषा शिक्षासम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर गरिएको छ।

नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा दुवै पक्षले हस्ताक्षर गरी सहकार्य अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्। 

द्विपक्षीय वार्ताका क्रममा कनेक्टिभिटी, पूर्वाधार विकास, औद्योगिक विकास, मेडिकल कोअपरेसन, कृषि, व्यापार, पर्यटन, लगानी, विज्ञान तथा प्रविधि, खेलकुद, विपद व्यवस्थापन, जनता जनता सम्पर्क, गरिबी निवारण लगायतका क्षेत्रमा थप सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको ढकालले जानकारी दिए।

उनले भने, ‘यस द्विपक्षीय वार्ताले नेपाल र चीनबीचको सम्बन्धलाई अझ उचाइमा लैजान योगदान गर्नेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad