राजनीति


उपनिर्वाचनबारे बाबुरामको विश्लेषणः पुराना ३ दल नै एकअर्काका विकल्प, नयाँले पाठ सिक्नपर्छ

उपनिर्वाचनबारे बाबुरामको विश्लेषणः पुराना ३ दल नै एकअर्काका विकल्प, नयाँले पाठ सिक्नपर्छ

फाइल तस्बिर: डा. बाबुराम भट्टराई


नेपालखबर
मंसिर १८, २०८१ मंगलबार ११:३१, काठमाडौँ

यही मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनको नतिजाले पुरानै तीन ठूला दल नै एकअर्काका विकल्प रहेको देखाएको नेसपा (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बताएका छन्। 

देशका विभिन्न स्थानीय तहका रिक्त ४१ पदका लागि मंसिर १६ मा भएको मतदानमा अधिकांश ठाउँमा पहिले जितेको दलले हारेको र अर्को दलले जितेको देखिएको उनले उल्लेख गरेका छन्। 

‘साथै केही ठाउँलाई छाडेर अधिकांश ठाउँमा तीन पुराना दल नै एक अर्कोको विकल्प बनेका छन्’, डा. भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यसको सोझो अर्थ हो- जनता असन्तुष्ट छन्, विकल्प चाहन्छन्, तर नयाँ विकल्प नपाएर पुरानैमध्येबाट एउटालाई छान्न बाध्य छन्।’

नयाँ र वैकल्पिक शक्तिहरूले यसबाट पाठ सिकेर, आआफ्ना कमजोरी सच्याएर अर्कोपटक जनतालई विश्वासिलो र भरपर्दो विकल्प दिन सक्नुपर्ने उनको भनाइ छ। ‘अन्यथा जनता अर्कै विकल्प खोज्न बाध्य हुनेछन्’, उनले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad