राजनीति


रवि लामिछानेलाई पठाइयो चितवन

रवि लामिछानेलाई पठाइयो चितवन

नेपालखबर
मंसिर १८, २०८१ मंगलबार ८:३४, काठमाडौँ

स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी बयान सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौँबाट आज (मंगलबार) बिहान चितवन पठाइएको छ।

प्रहरी स्रोतका अनुसार उनलाई आज बिहान ८ बजे काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरको जहाजमा चढाएर चितवन लगिएको हो। 

पोखराको सूर्यदर्शन सहकारी ठगीअन्तर्गत संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतको मुद्दामा कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई स्वर्णलक्ष्मी सहकारीबारे बयान लिन गत बिहीबार काठमाडौँ ल्याइएको थियो। 

चितवनस्थित सहारा चितवन सहकारी ठगीको पनि आरोप लागेकाले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई त्यहाँ लगिएको हो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad