कर्णाली प्रदेशको हुम्ला जिल्ला अन्तर्गत पर्ने सर्केगाड गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच कडा टक्कर देखिएको छ।
निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार माओवादीकी उपाध्यक्ष देवकी तिमल्सिनाले ९८९ मत ल्याएर अग्रता कायम राखेकी छन्।
उनलाई कांग्रेसकी सविता बुढाले ९४८ मत ल्याई पछ्याइरहेकी छिन्। यी दुईबीचको मतान्तर ४१ मात्र छ। यस्तै, नेकपा एमालेकी जाना शाहीले ६६३ मत ल्याएकी छन्। मतगणना जारी छ।
2.3k
Shares

प्रतिक्रिया