सहरी विकास मन्त्रालयको सचिवमा गोपाल सिग्देलले जिम्मेवारी सम्हालेका छन्।
सचिव मणिराम गेलाल ५८ वर्षे उमेर हदका कारण अवकाशमा गएपछि सहरी विकास मन्त्रालयमा सचिव पदमा सिग्देल पुगेका हुन्।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई सहरी विकास मन्त्रालय पठाउने निर्णय गरेको थियो। सोमबार मन्त्रालयमा कर्मचारीहरूले सचिव सिग्देलको स्वागत गरेलगत्तै उनले कार्यभार सम्हालेका हुन्।
उनी यसअघि जल तथा ऊर्जा आयोगमा सचिव थिए।

45
Shares

प्रतिक्रिया