राजनीति


कांग्रेसले गुमायो काठमाडौँ १६, रास्वपाकी रोजिना श्रेष्ठ विजयी

कांग्रेसले गुमायो काठमाडौँ १६, रास्वपाकी रोजिना श्रेष्ठ विजयी

नेपालखबर
मंसिर १७, २०८१ सोमबार ७:१७, काठमाडौँ

काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा ठूला दललाई पराजित गर्दै रास्वपाकी रोजिना श्रेष्ठ विजयी भएकी छन्। 

रोजिना २ हजार ९०२ मतसहित विजयी हुँदा एमालेका लक्ष्मी रत्न तुलाधरले २ हजार २२० मत ल्याएका छन्। 

त्यसैगरी कांग्रेसका देवेन्द्र पाठकले २ हजार २१४, नेकपा (एकीकृत समाजवादी) का मीन बहादुर मानन्धरले १ हजार ९२, राष्ट्रिय प्रजातन्त्र पार्टीका श्याम कृष्ण श्रेष्ठले ७४२, स्वतन्त्र उम्मेदवार देवेन्द्र कुमार श्रेष्ठले ४९८ र अर्का स्वतन्त्र उम्मेदवार सम शाक्य ३३४ मत ल्याएका छन्।

रास्वपाकी रोजिना २९०२ मतसहित विजयी भए पनि निर्वाचन आयोगको वेवसाइटमा मा भने १ हजार ५८४ मतसहित रोजिना विजयी भएको विवरण छ। 

०७९ सालको निर्वाचनमा काठमाडौँ १६ मा कांग्रेसका मुकुन्द रिजाल ४ हजार १९ मत ल्याएर निर्वाचित भएका थिए। 

त्यतिबेला लक्ष्मी रत्‍न तुलाधरले ३ हजार ३१० र एकीकृत समाजवादीका लक्ष्मण गमाल १ हजार ५८९ मत ल्याएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad