राजनीति


कीर्तिपुर नगरपालिकामा मतगणना सुरु (तस्बिरहरू)

कीर्तिपुर नगरपालिकामा मतगणना सुरु (तस्बिरहरू)

सरोज नेपाल
मंसिर १६, २०८१ आइतबार २२:१७, काठमाडौँ

कीर्तिपुर नगरपालिकाको प्रमुख र दुई जना वडाध्यक्षको मतगणना सुरु भएको छ।

प्रमुख र वडाध्यक्ष चयनका लागि आइतबार उपचुनाव भएको थियो।

सुरुमा वडा नम्बर १ बाट गणना गरिनेछ।

वडा नम्बर १ मा मेयरको गणना गरेपछि वडाध्यक्षको गणना हुनेछ। त्यसपछि ४ नम्बर वडामा मेयरको मतगणना गरेपछि वडाध्यक्षको गणना गर्ने सहमति जुटेको छ।

मेयरमा जस्तै १ नम्बर र ४ नम्बर वडाका वडाध्यक्षको निधन भएपछि उपचुनाव भएको हो।

दुईवटा वडाको मतगणना सकेपछि क्रमशः २, ३, ५, ७, ८, ९ र १० को गणनाा गरिनेछ।

कीर्तिपुर नगरपालिका प्रमुख पदका लागि नेकपा एमालेका डा. सुरेन्द्र मानन्धर, नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जनसहित ८ राजनीतिक दल र १० स्वतन्त्र उम्मेदवार छन्।  

कीर्तिपुर नगरपालिकामा १० वटा वडा छन्। कार्कीका अनुसार २१ हजार ३ सय ६२ मत खसेको छ। सो पालिकामा ३१११२ मतदाता थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad