गोरखाको गोरखा नगरपालिका वडा नं ५ मा माओवादीले अग्रता लिएको छ।
तीन सय मत गणना हुँदा माओवादीका बिष्णुबहादुर मगरले २०८, कांग्रेस उम्मेदवार भाई काजी आलेले १८४, एमालेकी दुर्गामाया थापा रानाले १५४ र राष्ट्रिय स्वतन्त्र पार्टीका मंगल बहादुर थापाले ३२ मत पाएका छन्।
राती १० बजेसम्म मतगणना सकेर नजिता घोषणा गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत शिव बहादुर रानाभाटले जानकारी दिए ।
२२ सय २५ मतदाता रहेको यहाँ आज भएको मतदानमा १३ सय ७३ मत खसेको छ। यस वडामा वडा अध्यक्षका लागि ९ दलका उम्मेदवार प्रतिस्पर्धामा छन्।
33
Shares

प्रतिक्रिया