सुदूरपश्चिम


स्वामीकार्तिक खापरमा आजै गणना गरिने

स्वामीकार्तिक खापरमा आजै गणना गरिने

नेपालखबर
मंसिर १६, २०८१ आइतबार २०:५२, कञ्चनपुर

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षको मत गणनाका लागि सर्वदलीय बैठक बसेको छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार सर्वदलीय बैठकले मत गणनाको विषयमा निर्णय गरेलगत्तै आजै गणना गर्ने तयारीमा रहेको छ।

स्वामीकार्तिक खापरका ५ वटै मतदानस्थलका मतपेटिका गणनास्थलमा ल्याइएको छ। 

सुरक्षाकर्मीले गाउँपालिकाको कार्यालय रहेको सिउजिउलामा मतपेटिका पुर्‍याएर मुख्य निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीले बुझिसकेका छन्।

मतगणनास्थल तारजालीले घेरिएको छ। यस्तै, मतगणनास्थलमा सीसीटीभी पनि जडान गरिएको छ।

सुरक्षाका दृष्टिले संवेदनशील मानिएको स्वामीकार्तिक खापरमा कैलालीको धनगढीबाट एसपी सरोज पौडेलको नेतृत्वमा सुरक्षाकर्मी तैनाथ छन्।

बाजुराका डिएएसपी दिलिप कुमार गिरी त्यही केन्द्रीत भएका छन्। कुनै अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा गर्न ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ छन्।

मतगणनास्थलको पहिलो घेरामा जनपद, त्यसपछि सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना समेत परिचालित छ।

स्वामीकार्तिक खापरमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका उम्मदेवार चुनावी मैदानमा छन्। यहाँ ३ हजार ९ सय ३ मत खसेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad