राजनीति


मोरङको ग्रामथानमा सर्वदलीय बैठक जारी, आजै मतगणनाको तयारी

मोरङको ग्रामथानमा सर्वदलीय बैठक जारी, आजै मतगणनाको तयारी

नेपालखबर
मंसिर १६, २०८१ आइतबार २०:३९, काठमाडौँ

मोरङको ग्रामथान गाउँपालिकाको मतगणना सुरु गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ। सबै वडाबाट मतपेटिका संकलन भइसकेपछि अहिले बैठक बसिरहेको मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमोरियाले जानकारी दिए। 

ग्रामथान गाउँपालिकामा १८ हजार ५७८ मत खसेको छ। 

ग्रामथानको गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका बलराम सरकार थारु, एमालेका तुलसीराम विश्वास र माओवादीका नमो नारायण माझीले उम्मेदवारी दिएका छन्। उनीहरुलाई मुख्य दाबेदारको रुपमा लिइएको छ। 

तीन ठूला दलसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका नवीनकुमार विश्वास खवास, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिनेशकुमार थन्दार, जनता समाजवादी पार्टीका सुरेशकुमार राजवंशी, जनमत पार्टीका विनोदकुमार माझी, नेकपा ९एकीकृत समाजवादी० का दिलबहादुर विश्वकर्मा, नागरिक उन्मुक्तिका बुद्धिचन विश्वास थारु, नेपाल मजदुर किसान पार्टीका पर्शुराम विश्वास थारु र मंगोल नेसनल अर्गनाइजेसनका भरत राई उम्मेदवार छन्। 

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका राजु मुसहर, नेपाल समाजवादी पार्टीका धर्मेन्द्रकुमार चौधरी, समावेशी समाजवादी पार्टीका बोधनारायण माझी र स्वतन्त्र नमनारायण चौधरी थारुले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन्।

यसअघि निर्वाचित कांग्रेसका जयप्रकाश गच्छदारको मृत्यु भएपछि त्यहाँ उपचुनाव भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad