स्थानीय तहको आइतबार सम्पन्न उपचुनाव अन्तर्गत काठमाडौं महानगरपालिका वडा नम्बर १६ को मतगणना आजै सुरु हुने भएको छ।
अहिले ८ बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी भइरहेको हो।
महानगरपालिकाको वडामध्येकै ठूलो सो वडामा २४ वटा मतदान केन्द्रबाट मतपेटिका संकलन भइसकेको छ। सबै केन्द्रमा गरेर १० हजार ५ सय ३९ मत खसेको छ।
सो वडामा २१ हजार २५ मतदाता थिए।
२०७९ वैशाखमा भएको स्थानीय तहको सो वडाबाट निर्वाचित मुकुन्द रिजालको मृत्यु भएपछि आइतबार उपचुनाव भएको हो।
सो वडामा नेपाली कांग्रेसबाट देवेन्द्र पाठक, नेकपा एमालेबाट लक्ष्मीरत्न तुलाधर, एकीकृत समाजवादीबाट मीनबहादुर मानन्धर र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रोजिना श्रेष्ठ मुख्य प्रतिस्पर्धामा छन्।
54
Shares

प्रतिक्रिया