राजनीति


तारजालीभित्र हुँदै छ मतगणना

तारजालीभित्र हुँदै छ मतगणना

कीर्तिपुर नगरपालिकामा तयार पारिएको मतगणनास्थल


नेपालखबर
मंसिर १६, २०८१ आइतबार १९:३८, काठमाडौँ

स्थानीय तहको उपनिर्वाचनअन्तर्गत आज मतदान सम्पन्न भएको छ। तीनवटा स्थानीय तहका प्रमुख तथा अध्यक्ष, दुईवटा उपप्रमुख तथा उपाध्यक्ष र ३३ वटा वडाध्यक्ष पदमा मतदान सम्पन्न भएको हो। करिब ६२ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।  

केही स्थानीय तहमा आज (आइतबार) रातिबाटै मतगणना सुरू गर्ने तयारी छ भने केहीमा सोमबार मात्र हुनेछ। मतगणनास्थल भने यसअघि नै तयार पारिसकिएको छ।

मतगणनास्थल तारजालीले बेरिएको छ। गणकहरू तारजालीभित्र बसेर मतपत्र खोल्ने, प्रदर्शन गर्ने र पट्याउने काम गर्नेछन्। जालीबाहिर बसेर दलका प्रतिनिधिहरूले मतपत्र हेर्नेछन्।

२०७४ को स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको प्रमुख पदमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल र एमाले उम्मेदवार देवी ज्ञवालीबीचको प्रतिस्पर्धामा झिनो मतको अन्तर भइरहेका बेला त्यहाँ मतपत्र नै च्यात्ने काम भएको थियो। त्यतिखेर माओवादी केन्द्रका प्रतिनिधि मधु न्यौपाने र द्रोण शिवाकोटीले मतपत्र च्यातेका थिए।

त्यसै घटनाका कारण दुई वडाको मतगणना स्थगित गरी पुनः मतदान गराइएको थियो। उक्त चुनावबाट दाहाल निर्वाचित भएकी थिइन्।

कतिपय स्थानमा मतपत्र चपाउनेसम्मका हर्कतहरू भएका थिए। त्यसपछि आयोगले मतपत्र सुरक्षाका लागि तारजालीभित्र मतगणनाको उपाय निकालेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad