काठमाडौँको कीर्तिपुर नगरपालिकामा साढे २० हजार मत खसेको छ। कीर्तिपुरमा नगरप्रमुख र दुईवटा वडामा उपनिर्वाचन भएको हो।
नगर प्रमुख र वडा नम्बर १ तथा ४ का अध्यक्षको लागि यहाँ उपनिर्वाचन भएको हो।
५ बजेभित्रमा लाइन बसेका मतदाताले मतदान गरिरहेकाले यो संख्या केही बढ्न सक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
मतदान सकिएपछि यहाँ आजै मतगणना गर्ने तयारी छ।
321
Shares

प्रतिक्रिया