राजनीति


कोरोना कन्फ्रेन्समा पाकिस्तानी मन्त्रीले भनेः कस्मिरमाथिको भारतीय प्रतिबन्ध हटाउनुपर्‍यो

कोरोना कन्फ्रेन्समा पाकिस्तानी मन्त्रीले भनेः कस्मिरमाथिको भारतीय प्रतिबन्ध हटाउनुपर्‍यो

नेपालखबर
चैत २, २०७६ आइतबार १३:४९,

पाकिस्तानले कोरोना भाइरसविरुद्ध लड्न जम्मु तथा कस्मिरमा रहेको सबै प्रकारको प्रतिबन्ध हटाउन आवश्यक रहेको बताएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गरेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)को भिडियो कन्फ्रेन्समा बोल्दै पाकिस्तानका स्वास्थ्य राज्यमन्त्री जाफर मिर्जाले सो माग गरेका हुन्।

‘कोरोना भाइरसको चुनौती सामना गर्न जम्मु तथा कस्मिरमाथि लगाइएको सबै प्रकारको प्रतिबन्ध हटाउनु पर्छ,’ मिर्जाले भने।

पाकिस्तानी प्रधानमन्त्री इमराम खानको विशेष प्रतिनिधिको रुपमा स्वास्थ्य राज्यमन्त्री मिर्जाले सार्क क्षेत्रका नेताहरुको बैठकमा सहभागी भएका थिए। अन्य देशबाट भने राष्ट्र वा सरकार प्रमुखको सहभागिता थियो।

भारत र पाकिस्तानबीच सात दशकभन्दा बढी समयदेखि कस्मिरको विषयमा विवाद रहँदै आएको छ। भारत स्वतन्त्र भएपछि भारत, पाकिस्तान र चीनका विभाजित रहेको कस्मिरमाथि भारत र पाकिस्तान दुवैले पूर्ण स्वामित्वका दाबी गर्छन्।

पछिल्लो समय गत अगस्टमा विशेष राज्यको मान्यता हटाउँदै जम्मु तथा कस्मिरलाई भारतले टुक्र्याएपछि पाकिस्तानले चर्को विरोध गर्दै आएको छ।

भारतले विशेष राज्यका दर्जा हटाउँदै जम्मु तथा कस्मिरलाई केन्द्र शासित क्षेत्र बनाएको छ। सो निर्णयको कस्मिरमा हुने सम्भावित विरोध प्रदर्शनलाई ध्यानमा राख्दै भारतले विभिन्न प्रतिबन्ध लगाएको छ। कयौँ स्थानीय नेताहरु कैद छन्।

भारत र पाकिस्तानबीचको कस्मिरको विवादले सार्कलाई गतिहीन बनाएको छ। तर सार्कको बडापत्रमा द्विपक्षीय विषयलाई उठाउने नपाइने व्यवस्था गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad