कीर्तिपुर नगरपालिकासहित देशका ४१ स्थानीय तहमा भइरहेको चुनावमा ३८ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार मतदाताले उत्साहजनक सहभागिता जनाएका छन्।
२८६ मतदान केन्द्रमध्ये २३४ मतदान केन्द्रको विवरण निर्वाचन आयोगमा प्रविष्ट भइसकेको छ।
‘अहिले १२ बजेसम्म ३८ प्रतिशत मत खसिसकेको छ,’ प्रमुख आयुक्त थपललियाले नेपालखबरसँग भने, ‘मोरङको ग्रामथान लगायत केही पालिकामा राम्रो मत खसेको छ।’
आइतबार बिहान ७ बजेदेखि मतदान सुरु भएको हो। हिमाली क्षेत्र हुम्लाको सार्केगाडमा चिसोको कारण झण्डै ९ बजेमात्र मतदान सुरु भएको हो।
बेलुकी ५ बजेसम्म मतदान जारी रहेने आयोगले जनाएको छ।
69
Shares

प्रतिक्रिया