राजनीति


बीआरआईअन्तर्गत अनुदान उपयुक्त हुन्छ : उपप्रधानमन्त्री सिंह

बीआरआईअन्तर्गत अनुदान उपयुक्त हुन्छ : उपप्रधानमन्त्री सिंह

नेपालखबर
मंसिर १५, २०८१ शनिबार १७:४, काठमाडौँ

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत अनुदान नै उपयुक्त हुने विचार व्यक्त गरेका छन्।

नेपाल प्रेस युनियन कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटमा उपप्रधानमन्त्री सिंहले बीआरआई परियोजनाअन्तर्गत सडक, सुरुङलगायत भौतिक पूर्वाधारका क्षेत्र छनोट गरिनुपर्नेमा पनि जोड दिए।

‘वर्तमान आर्थिक अवस्थाका कारण ऋणका लागि ऋण लिनु उपयुक्त नहुने देखिन्छ। परियोजना सम्पन्न हुन समय लाग्ने र पछि सरकारलाई ऋण तिर्न गाह्रो हुने भएकाले अनुदान लिनु उपयुक्त हुन्छ,’ सिंहले भने।

मुलुकमा स्थायित्व कायम गर्न, आर्थिक समृद्धि हासिल गर्न र जनताका भावनाअनुरूप काम गर्न संसद्का दुई ठूला दल मिलेर वर्तमान सरकार गठन भएको बताउँदै उनले सहमति र सहकार्यका आधारमा सरकार अघि बढिरहेको उल्लेख गरे।

सरकारले सहकारीसहित अन्य अनियमितताको कानुनअनुसार अनुसन्धान अघि बढाएको उपप्रधानमन्त्री सिंहको भनाइ थियो।

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न सरकार प्रयासरत रहेको जानकारी पनि दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad