प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीका लागि चीनको छेन्दु पुगेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र चिनियाँ समकक्षी वाङ यीबीच भेटवार्ता सम्पन्न भएको छ।
चीनको छेन्दु शहरमा शुक्रबार दुवै देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय औपचारिक भेटवार्ता भएको हो।
मन्त्री राणा बिहीबार छेन्दुका लागि प्रस्थान गरेकी थिइन्। मंसिर १७ गते प्रधानमन्त्री ओली बेइजिङ जाने कार्यक्रम घोषणा भइसकेको छ।
प्रधानमन्त्री ओलीको भ्रमण तयारीका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको र वार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको मन्त्री राणाले सामाजिक सञ्जालमा लेखेकी छन्।


87
Shares

प्रतिक्रिया