राजनीति


सरकारी वकिलको कार्यालय काठमाडौँमा रविको बयान सुरु

सरकारी वकिलको कार्यालय काठमाडौँमा रविको बयान सुरु

फाइल तस्बिर: रवि लामिछाने


नेपालखबर
मंसिर १४, २०८१ शुक्रबार ९:४७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग सरकारी वकिलको कार्यालय काठमाडौँमा बयान लिन सुरु गरिएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख सन्देश श्रेष्ठले नेपालखबरसँग भने, ‘केही बेरअघिदेखि बयान चलिरहेको छ।’ 

सरकारी वकिलको रोहबरमा अनुसन्धान अधिकृतले पूर्वगृहमन्त्रीसमेत रहेका रविसँग बयान लिइरहेका हुन्।   

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ देखि कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका रविलाई काठमाडौँस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा पनि अनुसन्धान गर्न पोखराबाट बिहीबार बेलुका यहाँ ल्याइएको हो। 

सोही प्रकरणमा यसअघि पूर्वडीआईजी छविलाल बन्जाडे जोशी र कुमार रम्तेललाई पनि प्रहरीले काठमाडौँ ल्याएर बयान लिई कास्की (पोखरा) नै फर्कासकेको छ।

त्यसपछि बयान दिने पालो रविको आएको हो।  

उनलाई बिहीबार बेलुका काठमाडौँस्थित त्रिभुवन विमानस्थल अवतरण गराउँदा आसपास सडकमा रास्वपाका कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी गरेका थिए। राजनीतिक प्रतिशोधका आधारमा आफ्ना सभापतिलाई पक्राउ गरिएको दाबी गर्दै रास्वपाले निरन्तर विरोध गरिरहेको छ।

रविले गोर्खा मिडियामा प्रबन्ध निर्देशक रहँदा सूर्यदर्शन र स्वर्णलक्ष्मीसहित ५ वटा सहकारीका रकम लगेर अपचलन गरेको आरोप छ। सोही विषयमा अनुसन्धानका क्रममा कास्कीमा उनीविरुद्ध सहकारी ठगीका साथै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको समेत मुद्दा चलाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad