राजनीति


बेइजिङमा ओलीको तीन शीर्ष नेतासँग भेट, तीन कार्यक्रममा सहभागिता तय

बेइजिङमा ओलीको तीन शीर्ष नेतासँग भेट, तीन कार्यक्रममा सहभागिता तय

नेपालखबर
मंसिर १३, २०८१ बिहिबार १७:३०, काठमाडौँ

चीन भ्रमणको दोस्रो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले एकैदिन तीन शीर्ष चिनियाँ नेताहरुसँग भेटवार्ता गर्ने भएका छन् भने तेस्रो दिन तीनवटा कार्यक्रममा सहभागी बन्ने भएका छन्। 

चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओलीले १७–२० मंसिरमा चीन भ्रमणका लागि बेइजिङ प्रस्थान गर्दैछन्। जाने–आउने दुई दिनबाहेक बाँकी दुई दिन उनी बेइजिङमा भेटवार्ता लगायतका कार्यक्रममा व्यस्त रहनेछन्।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भ्रमणको दोस्रो दिन प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङ र चिनियाँ संसद नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिका सभापति झाओ लेजीसँग भेटवार्ता गर्ने तय भएको छ।

दोस्रो दिन उच्चस्तरीय भेटवार्तामा सहभागी हुने प्रधानमन्त्री ओलीले तेस्रो दिन नेपाल उद्योग वाणिज्य महासंघले बेइजिङमा आयोजना गर्ने नेपाल इन्भेष्टमेन्ट फोरमलाई सम्बोधन गर्ने कार्यक्रम छ। 

त्यसबाहेक उनी पेकिङ युनिभर्सिटीले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन्। विश्वविद्यालयमा आयोजना गरिने कार्यक्रममा पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन्। 

ओलीले बेइजिङस्थित गरिवी निवारण सम्बन्धी योजनाको अवलोकन भ्रमण पनि गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad